Jul 17 2026

Jul 17 2026 | शुक्रवार, श्रावण १ गते २०८३

बैतडीमा १२ मिनेट फरकमा दुईपटक भूकम्प, स्थानीयहरु घर बाहिर निस्किए

बैतडीमा १२ मिनेट फरकमा दुईपटक भूकम्प गएका छन्।

सुर्खेतिस्थित भूकम्प मापन केन्द्रका प्रमुख चिन्तन तिमल्सिनाका अनुसार सदरमुकाम खलङ्गा केन्द्रबिन्दु भएर आज बिहान १:४८ बजे ५.१ र २ बजे ३.७ रेक्टर स्केलका भूकम्प भएका हुन्। 

लगातार दुईपटक भूकम्प गएपछि स्थानीय घर बाहिर निस्केका थिए। भूकम्पको धक्का दार्चुला, बझाङ, डडेल्धुरामा धक्का महसुस गरिएको केन्द्रका प्रमुख तिमल्सिनाले बताए।

भूकम्पबाट भएको क्षतिको विवरण प्राप्त हुन बाँकी छ।