Jul 17 2026

Jul 17 2026 | शुक्रवार, श्रावण १ गते २०८३

दुर्गा प्रसाईंलगायतलाई थप २ दिन हिरासतमा राख्न अनुमति

काठमाडौं जिल्ला अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईँलगायतलाई थप २ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

चैत १५ गतेको तीनकुने घटनामा पक्राउ परेको प्रसाईँलगायतलाई थप २ दिन हिरासतमा राख्न अदालतले बिहीबार प्रहरीलाई अनुमति दिएको हो । 

प्रहरीले सो घटनाको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयलाई बुझाउन अन्तिम तयारी गरेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।