शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

गौशालामा आठ वटा सवारी एकै पटक ठोकिए

गौशालामा आठ वटा सवारी एकै पटक ठोकिए

जेठ ७, २०८२ बुधवार
जेठ ७, २०८२ बुधवार
  • गौशालामा आठ वटा सवारी एकै पटक ठोकिए

    काठमाडौंको गौशालामा एकै पटक आठ वटा सवारी साधन ठोकिएका छन् । यात्रुबाहक बस अनियन्त्रित हुँदा आठ वटा सवारी ठोकिएका हुन् ।

    एयरपोर्टतर्फ जाँदै गरेको बा ५ ख ६७३५ नम्बरको बस बिहान १०ः५५ बजे दुर्घटनामा परेको हो । बाबा गोकर्णेश्वर यातायातको बस अनियन्त्रित भई दुर्घटना हुँदा सडकमा गुडिरहेका केही सवारीमा समेत ठक्कर दिएको थियो । दुर्घटनामा तीन जना घाइते भएको प्रहरीले जनाएको छ ।

    अनियन्त्रित बसका चालक भने फरार रहेको काठमाडौँ प्रहरी परिसरका प्रवक्ता एसपी अपीलराज बोहोराले जानकारी दिए । बसले बा ५ ख ७३१ नम्बरको माइक्रोबस, बा.प्र–०१–०२६ च ८५७६ नम्बरको कार, बी एसी ९७७३ नम्बरको कार, बा १६ च ४४५२ नम्बरको कार, प्र–२–०१–००३ प १००५ नम्बरको मोटरसाइकल, बा ५१ प २२ नम्बरको मोटर साइकल, बा.प्र–०२–०४६ प ४८१९ नम्बरको स्कुटरलाई ठक्कर दिएको हो । दुर्घटनामा घाइतेहरूलाई उद्धार गरेर केएमसी अस्पताल पठाइएको बोहराले बताए ।

    दुर्घटनामा बा ५१ प २२ नम्बरको मोटरसाइकलका चालक धादिङ ज्वालामुखी गाँउपालिका–१ घर भई टोखा बस्ने वर्ष ३२ को राजकुमार श्रेष्ठ, बा ५१ प २२ नम्बरको मोटरसाइकल पछाडि सवार नुवाकोट टाडी गाँउपालिका–२ का २२ वर्षीय विकाश कट्टेल, प्र-२-०१-००३ प १००५ नम्बरको मोटरसाइकल चालक खोटाङ हलेसी तुवाचुङ नगरपालिका– ५ का ३७ को शैलेन्द्र राई घाइते भएका छन् ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार

    ताजा अपडेट