Jul 17 2026

Jul 17 2026 | शुक्रवार, श्रावण १ गते २०८३

प्रहरी परिसर काठमाडौंबाट भागे थुनुवा

भद्रकालीस्थित जिल्ला प्रहरी परिसर काठमाडौंको गेटबाट एक जना थुनुवा भागेका छन् ।

आज बुधबार प्रहरी वृत्त स्वयम्भूबाट मुद्दाको प्रयोजनका लागि भद्रकाली ल्याइएका २४ वर्षीया निशान परियार फरार भएका हुन् ।

उनको खोजी भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं एसपी अपिल बोहराले जानकारी दिएका छन् । परियार अभद्र व्यवहारसम्बन्धी कसुरमा पक्राउ परेका थिए ।