गुल्मीको मुसिकोट नगरपालिका–३ बडागाउँ र ७ को वामी जोड्ने झेंदी पुल निर्माण सम्पन्न भएको छ ।
स्वीस सरकारबाट प्राप्त पाँच करोड १७ लाख ५० हजार ६६५ मा निर्माणको काम सम्पन्न भएको हो । सडक पुल कार्यक्रमका इञ्जिनियर श्रीराम प्रजापतिका अनुसार ५६.३० मिटर लामो यो पुल लामो समयको प्रयासपछि पूरा भएको हो ।
पक्की बनाउन नसकिने स्थानमा यस्ता निर्माण गरिने उनले बताए। यो पुल २०७६ र २०७७ साल वैशाखमा दुई पटक भाँचिएपछि प्रारुप परिवर्तन गरेर नयाँ बनाइएको हो । पुलका संरचना भाँचिदा राज्यलाई हानी भएको थियो ।
प्रतिक्रिया दिनुहोस्