Jul 17 2026

Jul 17 2026 | शुक्रवार, श्रावण १ गते २०८३

धनुषामा सडकको खाल्डोमा जमेको पानीमा डुबेर दाजुभाइको मृत्यु

धनुषामा निर्माणाधीन सडकको खाल्डोमा जमेको पानीमा डुबेर दुई जना बालकको मृत्यु भएको छ । 

मृत्यु हुनेमा कमला नगरपालिका–२ सराबे टोलका रामबाबु साहका ७ वर्षीय छोरा रितिक साह र उनकै भाइ श्यामबाबु साहका ५ वर्षीय छोरा रितिश साह छन् ।

नव निर्मित कृषि बाटोको छेउमा रहेको खाल्डोमा जमेको पानीमा मंगलबार दिउँसो दुवै जना बालकको डुबेर मृत्यु भएको धनुषा प्रहरीले जनाएको छ । करिब १५ दिन अगाडि मात्र निर्माण भएको वडा नम्बर २ को सराबे टोलस्थित कृषि सडक बनाउन थालिएको थियो । 

खनेको खाल्डोमा वर्षाको पानी जमेको थियो । घरबाट खेल्न निस्केका दाजुभाइ अबेरसम्म घर नआएपछि खोजतलास गर्ने क्रममा खाल्डोमा तैरिरहेको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ।