शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

कामपाका प्रमुख प्रशासकीय अधिकृतले नगर प्रहरी प्रमुख पाण्डेलाई सोधे स्पष्टीकरण

कामपाका प्रमुख प्रशासकीय अधिकृतले नगर प्रहरी प्रमुख पाण्डेलाई सोधे स्पष्टीकरण

जेठ ६, २०८२ मंगलवार
जेठ ६, २०८२ मंगलवार
  • कामपाका प्रमुख प्रशासकीय अधिकृतले नगर प्रहरी प्रमुख पाण्डेलाई सोधे स्पष्टीकरण

    काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईले महानगर प्रहरीका निमित्त प्रमुख राजुनाथ पाण्डेलाई स्पष्टीकरण सोधेका छन् । केही दिनअघि आफूलाई कार्यालय प्रवेशमा अवरोध गरेको विषयमा स्पष्टीकरण सोधिएको हो । पाण्डेलाई सात दिनभित्र स्पष्टीकरणको जवाफ दिन भनिएको स्रोतले जानकारी दिएको छ ।

    गुरागाईं हिजो सोधेको स्पष्टीकरण पत्र पाण्डेले आज बुझेको स्रोतले बतायो । काठमाडौंका मेयर बालेन्द्र साहले अघोषितरूपमा निलम्बनमा राखेका गुरागाईं गत २१ चैतमा महानगर कर्मचारी र जनप्रतिनिधिको सहयोगमा कार्यालय प्रवेश गरेका थिए । त्यस दिन नगर प्रहरीले उनलाई अवरोध गर्ने प्रयास गरेको थियो ।

    नगर प्रहरी प्रमुख पाण्डेकै नेतृत्वमा बाक्लो संख्यामा नगर प्रहरी उनलाई रोक्न खटिएका थिए । स्पष्टीकरण पत्रमा मुख्य विषय यही रहेको स्रोतले जनाएको छ । कानूनी व्यवस्थाअनुसार नगर प्रहरी प्रशासकीय अधिकृतको मातहतमा रहेर काम गर्नुपर्छ । तर, निमित्त प्रमुख पाण्डे भने मेयर साहबाट सिधा परिचालित हुँदै आएका छन् । घटनापछि उनले गुरागाईंसँग माफी मागेका थिए । उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, वडाध्यक्षहरू र कार्यपालिका सदस्यहरूले पटक–पटक अनुरोध गर्दा समेत प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षको ताला खोल्ने काममा अवरोध किन गरेको भनेर ७ बुँदे पत्र पाण्डेलाई थमाइएको छ ।

    काठमाडौँ भ्यू टावरको नक्सा पास विवादपछि बिदामा बसेका गुरागाई महानगरमा हाजिर हुन जाँदा विवाद भएको थियो । उपप्रमुख सुनीता डंगोलकै नेतृत्वमा गुरागाई हाजिर हुन भनेर महानगर पुगेका थिए। महानगरको नगर प्रहरी बलले कार्यालय प्रवेशमा अवरोध गरेको थियो । ‘पत्रमा प्रमुख प्रशासकीय अधिकृतले प्रयोग गर्ने सवारी साधनमा ह्विल लक किन गरेको ? नगर प्रहरी बल परिचालन गरेर गुरागाईंलाई कार्यालय छिर्न अवरोध गर्दै आतंक सिर्जना किन गरेको ?, कार्यालय परिसरमा उपस्थित जनप्रतिनिधिहरूको बाटो छेकेर अमर्यादित र अभद्र व्यवहार किन गरेको भनेर प्रश्न सोधिएको छ ।

    त्यस्तै प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा तालाबन्दी गर्न लगाएको र उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, वडाध्यक्षहरू र कार्यपालिका सदस्यहरूले पटक–पटक अनुरोध गर्दासमेत ताला किन नखोलेको? प्रमुख प्रशासकीय अधिकृतले हाजिर गर्ने हाजिर पुस्तिका कब्जामा किन लिएको ? भनेर स्पष्टीकरण सोधिएको छ। काठमाडौँ महानगरपालिकाको कर्मचारीको रूपमा प्रमुख प्रशासकीय अधिकृतको निर्देशन पालना गर्नुपर्नेमा पाण्डेले कर्मचारी आचरण र अनुशासन पालना नगरी अनुशासनहीन कार्य गरेको पनि स्पष्टीकरण सोधिएको छ। प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले पनि सात दिनको म्याद तोकेर सोधपुछ गरिएको जानकारी दिए। ‘सात दिनको म्याद दिएर सोधपुछ गरिएको हो। चित्तबुझ्दो जवाफ आउँछ, आउँदैन हेरौं’, उनले भने ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार