Jul 17 2026

Jul 17 2026 | शुक्रवार, श्रावण १ गते २०८३

कपिलवस्तुको शुद्धोधन गाउँपालिकाका अध्यक्ष चौधरी पक्राउ

कपिलवस्तुको शुद्धोधन गाउँपालिका अध्यक्ष कमलेशशरण चौधरी पक्राउ परेका छन्। उनी विद्युतीय अपराध (साइबर क्राइम) मुद्दामा बुटवलबाट पक्राउ परेका हुुन्।

जिल्ला प्रहरी कार्यालय रूपन्देहीका सूचना अधिकारी सुरज कार्कीले चौधरी बुटवल प्रहरीको कमाण्डमा पक्राउ परेको जनाएका छन् । बलात्कृत युवती तथा परिवारको गोपनीयता सार्वजनिक गरेको अभियोगमा उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो।

पक्राउ पुर्जीपछि उनी फरार थिए । उनी लोसपाबाट पालिका अध्यक्षमा निर्वाचित भएका हुन्। रूपन्देही जिल्ला अदालतले जेठ १ गते इलाका प्रहरी कार्यालय बुटवललाई चौधरीलाई पक्राउ गर्न आदेश दिएको थियो ।

चौधरीलाई पक्राउ गरेर बुझाउन इलाका प्रहरी कार्यालयले जिल्ला प्रहरी कार्यालय कपिलवस्तुलाई सोमबार पत्राचार गरेको थियो ।