Jul 17 2026

Jul 17 2026 | शुक्रवार, श्रावण १ गते २०८३

चट्याङ लागेर एक महिलाको मृत्यु, एक स्वास्थ्यकर्मी घाइते

डोटीमा चट्याङ लागेर एक महिलाको मृत्यु छ भने एक महिला स्वास्थ्यकर्मी गम्भीर घाइते भएकी छन्

।पूर्वीचौकी गाउँपालिका–२ वाडीमा चट्याङ लागेर सोही ठाउँ बस्ने ४० वर्षीया देउमती साउदको मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनी आफ्नै घरको झ्यालमा बसिरहेको अवस्थामा सोमबार साढे ५ बजेतिर चट्याङले लागेको थियो । गम्भीर घाइते भएकी उनलाई तत्काल उपचारका लागि जिल्ला अस्पताल डोटी लगिएको थियो तर चिकित्सकले मृत घोषणा गरेका थिए।

यस्तै, चट्याङ लागेर सोही ठाउँको बगलेक स्वास्थ्य चौकीमा कार्यरत अनमी ३६ वर्षीया अस्मिता ओली विष्ट पनि गम्भीर घाइते भएकी छन् । उनलाई थप उपचारका लागि धनगढी ल्याइएको छ ।