शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

मोटरसाइकल दुर्घटनामा आमाको मृत्यु, छोरा प्रहरी नियन्त्रणमा

मोटरसाइकल दुर्घटनामा आमाको मृत्यु, छोरा प्रहरी नियन्त्रणमा

जेठ ५, २०८२ सोमवार
जेठ ५, २०८२ सोमवार
  • मोटरसाइकल दुर्घटनामा आमाको मृत्यु, छोरा प्रहरी नियन्त्रणमा

    मोरङको रतुवामाई नगरपालिका–६ स्थित त्रिवेणी चोकमा आइतबार साँझ भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा रतुवामाई–५ की ४५ वर्षीया भवानी मेहता रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ। दुर्घटनाको बेला मोटरसाइकल उनका छोरा २३ वर्षीय रमेश मेहताले चलाइरहेका थिए।

    प्रदेश १–०२–०४५ प ९०६० नम्बरको मोटरसाइकल आमबारीबाट उर्लाबारीतर्फ जाँदै गर्दा सडकमा देखिएको कुकुरलाई जोगाउने प्रयासमा अनियन्त्रित भई दुर्घटना भएको प्रहरीको भनाइ छ।

    घटनामा गम्भीर घाइते भएकी भवानी मेहतालाई तत्काल रंगेली अस्पताल पुर्‍याइएको थियो, तर चिकित्सकहरूले उनलाई मृत घोषणा गरे।

    हाल चालक रमेश मेहतालाई अनुसन्धानका लागि प्रहरी नियन्त्रणमा लिएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार