Jul 17 2026

Jul 17 2026 | शुक्रवार, श्रावण १ गते २०८३

मोटरसाइकल दुर्घटनामा आमाको मृत्यु, छोरा प्रहरी नियन्त्रणमा

मोरङको रतुवामाई नगरपालिका–६ स्थित त्रिवेणी चोकमा आइतबार साँझ भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा रतुवामाई–५ की ४५ वर्षीया भवानी मेहता रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ। दुर्घटनाको बेला मोटरसाइकल उनका छोरा २३ वर्षीय रमेश मेहताले चलाइरहेका थिए।

प्रदेश १–०२–०४५ प ९०६० नम्बरको मोटरसाइकल आमबारीबाट उर्लाबारीतर्फ जाँदै गर्दा सडकमा देखिएको कुकुरलाई जोगाउने प्रयासमा अनियन्त्रित भई दुर्घटना भएको प्रहरीको भनाइ छ।

घटनामा गम्भीर घाइते भएकी भवानी मेहतालाई तत्काल रंगेली अस्पताल पुर्‍याइएको थियो, तर चिकित्सकहरूले उनलाई मृत घोषणा गरे।

हाल चालक रमेश मेहतालाई अनुसन्धानका लागि प्रहरी नियन्त्रणमा लिएको छ।