Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

शौचालयमा लडेर प्रचण्ड घाइते

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लडेर घाइते भएका छन् ।

मंगलबार राति करिब १२ बजे खुमलटारस्थित निवासमा शौचालयमा चिप्लिएर लडेपछि उनको निधारमा चोट लागेको हो ।

उनलाई राति नै ललितपुरको मेडिसिटी अस्पताल लगिएको थियो । राति नै अस्पताल गएर चेकजाँच गरेर आएको र अहिले नियमित काममा फर्किएको प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यले बताए ।

हाल उनको अवस्था सामान्य रहेको सचिवालयले जनाएको छ ।