शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

फेवातालमा फसेका आठ जनाको उद्धार

फेवातालमा फसेका आठ जनाको उद्धार

बैशाख २२, २०८२ सोमवार
बैशाख २२, २०८२ सोमवार
  • फेवातालमा फसेका आठ जनाको उद्धार

    हावाहुरीका कारण पोखराको फेवातालमा फसेका आठ जनाको उद्धार गरिएको छ ।

    सोमबार दिउँसो अचानक हावाहुरी चल्दा स्ट्यान्ड अप प्याडल बोर्डबाट तालमा खसेका र अलपत्र परेका आठ जनाको उद्धार गरिएको सशस्त्र प्रहरी बल नेपाल, नम्बर २४ गण हेडक्वार्टर कालिका प्रमुख एसपी सूर्य तिमिल्सिनाले जानकारी दिए।

    उनका अनुसार आठ जनामध्ये ६ जना हावाहुरी चलेपछि प्याडल बोर्डमै सवार रहेको अवस्थामा तालको बीच भागमा अलपत्र परेका थिए। बाँकी दुई जना चितवनका रेशम थापा र कास्कीका विजय सुनारको तालमा खसेको अवस्थामा उद्धार गरिएको उनले बताए ।

    सशस्त्र प्रहरी बल र नेपाल आर्मीको टोली उद्धारमा खटिएको थियो ।

     

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार