शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

झापामा प्रहरीले चलायो दुुई राउण्ड गोली

झापामा प्रहरीले चलायो दुुई राउण्ड गोली

बैशाख २२, २०८२ सोमवार
बैशाख २२, २०८२ सोमवार
  • झापामा प्रहरीले चलायो दुुई राउण्ड गोली

    झापामा प्रहरीले गोली चलाएको छ । लागुऔषध कारोबारीलाई पक्राउ गर्न प्रहरीले गोली चलाएको हो ।

    गोली चलाएर नियन्त्रणमा लिने प्रयास भए पनि लागुऔषध कारोबारी भने फुत्किएका छन्। आज (सोमबार) बिहान पौन ९ बजेतिर झापाको कनकाई नगरपालिका–५ चाप्रामारीस्थित सुरुङ्गा–झापा सडक खण्डमा प्रहरीले चेकिङ गरेको थियो । सो क्रमा बीआर ३७ टी ९१९८ नम्बरको मोटरसाइकलमा सवार व्यक्तिलाई रोकेर जाँच गर्न लाग्दा उनी आफ्नो झोला समेत छाडेर फरार भएका थिए ।

    ती व्यक्तिलाई नियन्त्रणमा लिन प्रहरीले दुई राउण्ड गोली चलाए पनि उनी फुत्किएर भागेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी तथा प्रवक्ता खगेन्द्रबहादुर खड्काले जनाएका छन् । ती व्यक्ति मोटरसाइकल र झोला समेत छाडेर भागेका थिए ।

    उक्त झोलाबाट करिब २०० ग्राम ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार