Jul 17 2026

Jul 17 2026 | शुक्रवार, श्रावण १ गते २०८३

रवि लामिछानेलाई भेटेपछि हृदयश त्रिपाठीले भने–प्रतिशोधको शिकार बनाइयो

‘उच्च मनोबलका साथ न्यायको पर्खाइमा हुनुहुन्छ’

मधेसवादी नेता हृदयश त्रिपाठीले कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई भेटेका छन् । 

उनी रविलाई भेट्न हिजो भैरहवा कारागारमा पुगेका हुन् । त्रिपाठीले सामाजिक सञ्जालमा स्टाटस लेख्दै रवि प्रतिशोधको शिकार भएको टिप्पणी गरेका छन् ।

‘रविजी उच्च मनोबलका साथ न्यायको पर्खाइमा हुनुहुन्छ,’ उनले भनेका छन् । ‘खुँखार सहकारी अपचलनका अपराधीहरू सत्ताको संरक्षकत्वमा अनुसन्धानको घेरा बाहिर घुम्दै छन् । रविजीको विषयमा चर्चा गराएर आफ्नालाई जोगाउन सत्ता लागेको बुझिन्छ । भाइ देर है, अन्धेर नहीं–चेतना भया ।’ त्रिपाठीको यो स्टाटसमा प्रतिक्रिया जनाउँदै रास्वपाका उपसभापति डा. स्वर्णिम वाग्लेले धन्यवाद दिएका छन् ।