Jul 17 2026

Jul 17 2026 | शुक्रवार, श्रावण १ गते २०८३

भारतको केआईआईटीमा नेपाली विद्यार्थी प्रिशा साह मृत भेटिइन्, घटनाको छानविन गर्न आदेश

भारतको ओडिसा सरकारले कालिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)मा नेपाली विद्यार्थी मृत भेटिएको घटनाको छानविन गर्न आदेश दिएको छ ।

बीटेक पहिलो वर्षमा अध्ययनरत वीरगन्जकी प्रिशा साह मृत बिहीबार राति करिब ८ बजेतिर आफ्नै होस्टलको कोठामा मृत भेटिएको घटना बाहिरिएपछि ओडिसा सरकारले दुःख व्यक्त घटनाको जाँच गर्न आदेश दिएको हो । प्रहरीले उक्त घटनाको अनुसन्धान थालेको जनाएको छ ।

परराष्ट्र मन्त्रालयले थाल्यो छानविन गर्न कूटनीतिक पहल 
साह मृत फेला परेको घटनामा परराष्ट्र मन्त्रालयले छानबिनका लागि कूटनीतिक पहल सुरु गरेको छ । परराष्ट्रमन्त्री आरजु राणा देउवाले बिहीबार नै भारत सरकार, ओडिसा सरकारका उच्च अधिकारीहरू र दिल्लीस्थित नेपाली दूतावासमार्फत घटनाको सत्यथ्य छानबिन गर्न कूटनीतिक पहल थालेको बताएकी छन् ।

गत ४ फागुनमा केआईआईटीमा अध्ययनरत २० वर्षीया नेपाली विद्यार्थी प्रकृति लम्साल होस्टेलमा मृत फेला परेपछि विद्यार्थीहरूले आन्दोलन गरेका थिए ।

रुपन्देहीको भैरहवा निवासी लम्सालले आफूमाथि मानसिक दुव्र्यवहार र ब्ल्याकमेल भएकोबारे परिवारले नै त्यहाँ पुगेर उजुरी दिएको थियो । त्यो घटनापछि कलेज प्रशासनले नेपाली विद्यार्थीमाथि गरेको दुव्र्यवहारको ठुलो आलोचना भएपछि माफी माग्दै ती कर्मचारीलाई कारबाही गरिएको थियो ।

करिब १५ सय नेपाली विद्यार्थी अध्ययन गर्ने यो शिक्षालयमा लगातार यस्तो घटना भएपछि नेपाली विद्यार्थीहरूलाई थप चिन्ता थपिएको छ ।