शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

वन मिचेर बनाइएको प्लटिंग बन्द हुँदैन ?

वन मिचेर बनाइएको प्लटिंग बन्द हुँदैन ?

बैशाख १७, २०८२ बुधवार
बैशाख १७, २०८२ बुधवार
  • वन मिचेर बनाइएको प्लटिंग बन्द हुँदैन ?

    ठूलोले जे गरे पनि हुने, सानोलाई मात्रै कानुन लाग्ने भन्दै भक्तपुरको काक्राबारीका जनताले सम्बन्धित निकायलाई प्रश्न गरेका छन् । सियो खसेको देख्ने वडा अध्यक्ष अनि नगरपालिकाले तीस बढी डोजर दैनिक चलाउँंदा किन देखेनन् भनी स्थानीयले प्रश्न उठाएका हुन् ।

    भक्तपुरको रोल्पा रुकुम भनेर चिनिने जिल्लाको सूर्यविनायक नगरपालिका वडा नं ९ कांक्राबारीमा पूरै क्षेत्रमा झण्डै तीन दर्जन डोजरहरु दिनरात चले पनि उनीहरुमाथि कारबाही नभएको भन्दै स्थानीयले विरोध गरेका हुन् । यो ठाउँ जिल्लाको सूर्यविनायक नगरपालिका वडा नं ९ (साविक नंखेल गाविस वडा नं. ४ क र ख) काँक्रा बनस्थित घिसिङ डाँडामा रहेको छ । यो आयोजना निक भुजिकिक हाउजिङ् कम्पनीले सञ्चालन गरिहेरको हो ।

    d185eced-6552-4b3a-a269-d7a822e9c6f6.jpg

    टाढाबाट हेर्दा कमिला जत्रा देखिने डोजर तथ स्काईभेटर चलाएर सामुदायिक भित्री बनको क्षेत्र अतिक्रमण गरेर काम भइरहेको महिनौ बिते पनि कसैले वास्ता नगरेको भन्दै स्थानीयले हारगुहार मागेका छन् । वन क्षेत्रमा रहेको स्थानीय जनताले प्रयोग गर्दै आएको खानेपानीको मूल तथा पानी, पर्धेर, कोलो, बाटो पुर्नुका साथै खानेपानीको पाइपलाइन समेत क्षतविक्षत गरेर स्थानीयलाई खानेपानीबाट बञ्चित गरेको उनीहरुले बताए । आयोजनाले जंगलबाट घासपात समेत ल्याउने बाटो समेत अवरोध भएको स्थानीयले बताए ।

    उक्त कम्पनीले डोजर चलाउँदा परम्परादेखि रहँदै आएको खोल्साखोल्सी समेत पुरिएर पानीको निकास समेत थुनिएको हुँदा वर्षामा आउने भेल बाढीले स्थानीयको घरबारी समेत बगाउने खतरा बढ्दो छ । घिसिङ टोलमा आयोजना सञ्चलान गर्दा घिसिङ टोलभन्दा मुनि रहेको लामाटोल अति जोखिममा पर्न गएको छ । आयोजनाले स्थानीय जनताको सहमति विना जबरजस्ती व्यक्तिको जग्गा समेत खनेर व्यक्तिको बसोबास रहेको घरसमेत स्थानान्तरण गर्न बाध्य पारेको जनाइएको छ ।

    05178da1-2e3e-4ae3-9b51-70d1b208225f.jpg

    वन क्षेत्रको जैविक विविधता, पर्यावरण र स्थानीय जनताको जीवनमा समेत गम्भीर असर पर्ने गरी सरकारी र सामुदायिक वन क्षेत्र अतिक्रमण गरेर निक भुजिकिक हाउजिङ कम्पनीले प्लटिङ्ग आयोजना सञ्चालन गरेको हुँदा सो आयोजना तत्काल रोक्का गरी वन–जंगल र प्राकृतिक पर्यावरण बिगार्ने काममा संलग्न हाउजिङ् कम्पनीका डिल्ली बराइली, प्रविण कुस्मा र जग्गाधनी भनिने सुधिरकुमार अधिकारी र यसै स्थानका शंकर तामाङ र हाउजिङ्ग कम्पनीसँगको अवैध प्रतिवद्धतामा वन–जंगल अतिक्रमण गर्न सहमति दिने सबैलाई कारवाही गर्न उनीहरुले जिल्ला प्रशाशन कार्यालय भक्तपुर, जिल्ला वन, सूर्यविनायक नगरपालिका, वडा कार्यालयलाई समेत ज्ञापनपत्र बुझाइसकेको जनाए । तर कसैले पनि केही कदम नचालिदिएको भन्दै स्थानीयले मंगलबार त्यहाँं पुगेका पत्रकारहरुसँंग सहयोगको याचना गरे ।

    82b77671-c6eb-4509-bdd3-1f953f277c57.jpg

    यसैका लागि स्थानीयले संघर्ष समिति पनि गठन गरेका छन् । गठित संघर्ष समितिको अध्यक्षमा स्थानीय प्रेमबहादुर तामाङ रहेका छन् । उपाध्यक्षमा एकराज तामाङ, सचिवमा सुनिल तामाङ दोङ्ग रहेका छन् । सदस्यहरुमा बाबुराम लामा, बुद्ध लामा, शंकर लामा, ज्ञानबहादुर लामा, देवबहादुर तामाङ (लो), केशव तामाङ,  सानो तामाङलगायतका रहेका छन् ।

    4c3fd460-78e8-4867-92f3-e65bdce44807.jpg

    यो ठाउँं अरनिको राजमार्ग अन्तर्गत भक्तपुरको साँंगा झोलुंगे पुलबाट सिधै पहाड माथिको जंगैलैजंगलको बाटो भएर दस १२ किलोमिटर माथि पर्दछ । यहाँंको पूरै क्षेत्र जंगलै जंगल रहेका छन् । साथै फाटफुट घरहरु पनि छन् ।

    सरोकारवालाहरुले वेवास्ता गरेपछि उनीहरु आफैं आन्दोलनको तयारीमा जुटेका छन् । यहाँंको बस्ती तामाङ जातीको रहेको छ ।  

    d1bc4b1d-48d0-4d33-a8ec-948eafbdcc0f.jpg

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार

    ताजा अपडेट