शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

सर्वोच्च अदालतका शाखा अधिकृत महिमानसिंह विष्ट पक्राउ

सर्वोच्च अदालतका शाखा अधिकृत महिमानसिंह विष्ट पक्राउ

बैशाख १७, २०८२ बुधवार
बैशाख १७, २०८२ बुधवार
  • सर्वोच्च अदालतका शाखा अधिकृत महिमानसिंह विष्ट पक्राउ

    सर्वोच्च अदालतको मुद्दा तथा रिट महाशाखामा कार्यरत शाखा अधिकृत महिमानसिंह विष्ट पक्राउ परेका छन् ।

    नागरिक उन्मुक्ति पार्टीका संरक्षक रहेका रेशम चौधरीलाई विचाराधीन मुद्दाको सन्दर्भमा तत्काल पक्राउ गरी थुनामा पठाउनु भनी पत्र लेखेसँगै उनी पक्राउ परेका हुन् ।

    विष्टको हस्ताक्षरबाट जारी भएको पत्रको आधारमा विचाराधीन मुद्दामा रेशम चौधरी पक्राउ परेका थिए । पक्राउ परेका चौधरीलाई डिल्लीबजार कारागार पठाइएको थियो । चौधरीलाई थुनामुक्त गर्न सर्वोच्च प्रशासनले अर्को पत्र लेखिसकेको छ ।

    सर्वोच्चले जिल्ला प्रहरी परिसर काठमाडौंलाई पत्र लेख्दै विष्टले अदालतमा तोकिएको जिम्मेवारीभन्दा बाहिर गई अन्य पदाधिकारीलाई तोकिएको जिम्मेवारी ग्रहण गरी अदालतको लेटर प्याड, छाप र पदको दुरुपयोग गरी कारागार कार्यालय, डिल्लीबजारलाई पत्राचार गरेको देखिएकोले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ८४, ८७ र २७६ अनुसार कारबाहीको लागि भनेको छ । 

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार