Jul 17 2026

Jul 17 2026 | शुक्रवार, श्रावण १ गते २०८३

वार्ताका निम्ति सिंहदरबार छिरे शिक्षकहरु

आन्दोलनरत शिक्षक महासंघका प्रतिनिधि वार्ताका निम्ति सिंहदरबार प्रवेश गरेका छन् ।

बुधबारको वार्ता निर्णायक हुने अपेक्षा गरिएको छ । वार्ता केहीबेरमा सुरु हुने बताइएको छ । यसअघि सरकारले शिक्षकहरूसँग विभिन्न तहमा वार्ता गरे पनि वार्ताले सार्थकता पाउन सकेको छैन । 

शिक्षकहरूले आन्दोलन र वार्तालाई समानान्तर रूपमा अघि बढाउने नीति लिएका छन् ।