शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

पाथिभरामाताको दर्शन गर्दै हेर्नुहोस् यो वर्षको अन्तिम दिनको राशिफल

पाथिभरामाताको दर्शन गर्दै हेर्नुहोस् यो वर्षको अन्तिम दिनको राशिफल

चैत्र ३१, २०८१ आइतवार
चैत्र ३१, २०८१ आइतवार
  • पाथिभरामाताको दर्शन गर्दै हेर्नुहोस् यो वर्षको अन्तिम दिनको राशिफल

    आज ३१ चैत्र २०८१ आइतवारको राशिफल

    मेष 
     कानुनी मुद्दा मामलाहरूमा पक्ष मजबुत रहनेछ। कार्यक्षेत्रमा रोकिएको कार्य बन्नाले नयाँ कार्यतर्फ अग्रसर भइनेछ। सवारी साधन चलाउँदा सावधान रहनुहोस् आजको शुभ रंग रातो हो भने शुभ अंक १ रहेको छ।

    मिथुन
    मेहनतले प्रतिस्पर्धामा विजय पाइनेछ। घर परिवारको साथ र सहयोग मिल्नेछ। कार्यक्षेत्रमा आफ्नो कार्यशैलीले अरूलाइ प्रभावित पार्न सक्नुहुनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ३ रहेको छ।

    सिंह
    पारिवारिक मामलाहरूलाई अन्देखा नगर्नुहोस्। घरपरिवारमा वृद्ध वृद्धाहरूको स्वास्थ्यमा ध्यान दिनुहोस्। आफ्नो खर्चमा नियन्त्रण राख्नुहोस्।। आजको शुभ रंग हरियो हो भने शुभ अंक ३ रहेको छ।

    तुला
     सामाजिक वा सामूहिक कार्यमा धन खर्चका य‍ोग छन्। व्यक्तित्व निखार्ने अवसर प्राप्त हुन्छ। सांसारिक सुख सुविधामा कमी आउनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ७ रहेको छ।

    धनु
    पहिलाका कमी कमजोरी सुधार गर्दा जीवनशैलीमा नयाँ परिवर्तन आउनेछ। कार्यक्षेत्रमा मेहनतको प्रतिफल मिल्नेछ। व्यापार व्यवसायमा पिताको सहयोग मिल्नेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ३ रहेको छ।

    कुम्भ
     अरुको लागि बुद्धि र श्रम खर्च गर्नुपर्ला। कार्यक्षेत्रमा हजुरको कमजोरीको फाइदा उठाउनेछन्। वैदेशिक रोजगार बाट लाभ मिल्नेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ५ रहेको छ।

    बृष
    प्रेम सम्बन्ध सुमधुर रहनेछ। विद्यार्थीहरूको कलाको क्षेत्रमा रुचि बढ्नेछ। व्यापार लगायत आर्थिक लाभका नयाँ बाटोहरू खुल्नेछन्। आजको शुभ रंग सेतो हो भने शुभ अंक २ रहेको छ।

    कर्कट
    कार्यक्षेत्रमा अप्ठ्यारो चुनौतीहरूको सामना गर्नुपर्ला। सहयोगी वर्गहरूले साथ दिनेछन्। पारिवारिक वैचारिक मतभेद सुल्झिनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक २ रहेको छ।

    कन्या
    प्रतिष्ठित कार्य सम्पादन गर्ने अवसर मिल्नेछ। कृषि वा पशुपालनबाट लाभार्जन गर्न सकिएला। सन्तान वा आफन्तहरूको साथ मिल्नेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ४ रहेको छ।

    बृश्चिक
    पुरानो लगानीबाट लाभ आर्जन गर्न सकिएला। नयाँ जागिरको खोजीमा सफलता मिल्नेछ। विद्यार्थीहरूको अध्ययन वा अध्यापनमा मन लाग्नेछ। कार्य क्षेत्रमा जिम्मेवारी वहनमा लापरवाही नगर्नुहोला। आजको शुभ रंग रातो हो भने शुभ अंक ४ रहेको छ।

    मकर
    घरमा कुनै प्रियजनको आगमनले मन प्रसन्न रहनेछ। आज ईर्ष्या व अहंकारमा आएर लाभकारी योजना गुमाउनु पर्ला। धनको मामलामा कसैसंग छिटो विश्वास नगरिहाल्नुहोला। आजको शुभ रंग केशरी हो भने शुभ अंक १ रहेको छ 
    ि
    मीन
     आफ्नो विचार र योजनाहरूलाई क्रियान्वित गर्न सफल हुनुहुनेछ। घरायसी जिम्मेवारी बढ्नाले व्यस्तता धेरै रहनेछ। शिक्षाको क्षेत्रमा नयाँ अवसरहरू मिल्नेछ। विद्यार्थीहरूको पठनपाठनमा मन लाग्ला। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक २ रहेको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार