Jul 19 2026

Jul 19 2026 | आइतवार, श्रावण ३ गते २०८३

कोटीहोमको भूमिपूजन रोक्न खोज्दा झडप, केही घाइते

पोखरामा कोटीहोम आयोजना गरेको सेवा फाउण्डेसनले आयोजना गरेको भूमिपूजनमा प्रहरीले हस्तक्षेप गर्दा झडप भएको छ। लेकसाइडस्थित बाराहीघाटमा फाउण्डेसनले कोटीहोम आयोजनाका लागि भूमिपूजन गर्न लाग्दा नगर प्रहरीले रोक्दा खोजेको थियो ।

पोखरा महानगरपालिकाले अनुमति नलिई भूमिपूजन गर्न लागिएको भन्दै रोक्न खोजेको थियो । महानगरका प्रहरीसहित नेपाल प्रहरी भूमिपूजन रोक्न पुगेपछि कोटीहोम पक्षधरले आक्रमण गरेका थिए । 

घाइतेहरूलाई उपचारका लागि अस्पताल लगिएको छ । महानगरले अनुमतिबेगर लेकसाइडमा भूमिपुजन गर्न लागेको भन्दै रोक्न नगर प्रहरी खटाएको थियो ।

मानव सेवा फाउन्डेसनका संस्थापक विजय भण्डारीले जुनसुकै हालतमा कोटिहोम गर्ने अडानका साथ भूमिपूजन थालेको महानगरले जनाएको छ । भूमिपूजन रोक्न कोटीहोम क्षेत्र बाहिर नगर प्रहरी खटाइएको थियो । सोही क्रममा भण्डारीका समर्थक आक्रोशित बनेका थिए ।