Jul 19 2026

Jul 19 2026 | आइतवार, श्रावण ३ गते २०८३

त्रिविका रेक्टरको कार्यकक्षमा नेविसंघले गर्‍यो तोडफोड

सत्तारुढ नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) का कार्यकर्ताले त्रिभुवन विश्वविद्यालयका रेक्टर प्राध्यापक खड्ग केसीको कार्यकक्षमा तोडफोड गरेका छन् ।

बिहीबार नेविसंघका कार्यकर्ताहरू आएर आफ्नो कार्यकक्षमा तोडफोड गरेको रेक्टरले केसीले जानकारी दिए। केसी कार्यकक्ष बाहिर रहेका बेला तोडफोड भएको हो । 

कुर्सी, सोफा, टेबललगायतका सामान तोडफोड भएको उनले बताए । विद्यार्थीले के माग राखेर तोडफोड गरे भन्ने आफ्नो जानकारीमा नरहेको पनि उनले बताएका छन् ।