मनाङमा फूल्यो लालीगुराँस
हिमाली जिल्ला मनाङमा राष्ट्रिय फुल लालीगुराँस फुल्न थालेका छन् । त्यही लालीगुराँसको फेदमूनि याकनाकको चरन क्षेत्र हो । गर्मीयाम सुरुआत भएसँगै यहाँका जङ्गल रातो, सेतो, गुलाबी, निलो, कालो प्रजातीका लालीगुराँस फुल्न थालेका छन् ।
माथिल्लो क्षेत्रमा हिउँ पर्न थालेपछि चामे गाउँपालिका–१ तिमाङ क्षेत्रको जङ्गलमा यतिबेला रङ्गीन लालीगुराँस फुलेका छन् । चिसोका कारण घर नजिक ल्याइएका याकनाक लालीगुराँसका फेदमा चरन क्षेत्र हो । तिमाङ क्षेत्रमा रातो र गुलाबी रङ्गको गुराँस फुलेका छन् ।

लालीगुराँसकै जङ्गलमा फुलेका फुलले जो कसैलाई लोभ्याउने गर्दछ । यस क्षेत्रमा फुलेका फुलले वसन्त ऋतुको आगमनलाई उमङ्गमा अझै सुन्दरता थपिएको छ । तल्लो क्षेत्रमा अहिले नै लालीगुराँस फुलेका छन् भने माथिल्लो क्षेत्रमा कोपिला बसेका छन् ।
भिमथाङलगायतका माथिल्लो क्षेत्रमा अन्य रङ्गका लालीगुराँस फुल्ने गर्दछ ।
हेर्नुहोस् भिडियो: