Jul 19 2026

Jul 19 2026 | आइतवार, श्रावण ३ गते २०८३

एउटा पांग्रा जनकपुरमै छोडेर बुद्ध एयरको जहाज काठमाडौं अवतरण

 बुद्ध एयरको नाइनएनएएच जहाजले अगाडिको एउटा पांग्रा (नोज ह्वील) बिना नै काठमाडौं अवतरण गरेको छ । आज बिहीबार जनकपुरबाट आएको उक्त जहाजले एउटा पांग्रा बिना नै काठमाडौं अवतरण गरेको हो ।


जनकपुबारबाट ४ः४५ मा काठमाडौं आएको उक्त जहाजको एउटा नोज ह्वील जनकपुरमै छुटेको हो । नागरिक उड्डयन प्राधिकरणका अनुसार काठमाडौंमा अवतरण गरिसकेपछि पोष्टफ्लाइट चेक गर्दा अगाडिको नोज ल्यान्डिङ गेयरको एउटा टायर नदेखिएपछि जनकपुरमा चेक गर्न लगाउँदा विमानस्थलको रनवेको टर्निङमै ल्यान्डिङ गेयर भेटिएको हो ।


जहाज सुरक्षित अवतरण गरिसकेको छ । यस जहाजमा ६२ जना यात्रु थिए । प्राधिकरणका अनुसार जनकपुरबाट काठमाडौं आएको विमानको पांग्रा नभएको विषयमा पार्किङमा पुगेपछि मात्र थाहा भएको र यसको अनुसन्धान अघि बढीसकेको छ ।