नेपाल सरकारको एक सय पर्यटकीय गन्तव्य भित्र पर्न सफल ‘मुन्दुम पदमार्ग’ निर्माण तथा पुनः निर्माण विषयमा समुन्द्री सतहबाट तीन हजार १५ मिटर उचाईमा रहेको हाँस पोखरीमा गरिएको सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागीहरु ।
सार्वजनिक सुनुवाईमार्फत योजनाको लागत, योजना सञ्चालन पद्धती, योजना सञ्चालन हुने क्षेत्र र पदमार्ग निर्माण अवधि लगायतको विषयमा सरोकारवाला पक्षलाई जानकारी दिइएको हो ।
यहाँ पहिलो चरण रु एक करोड र दोस्रो चरण रु ८५ लाखमा पदमार्ग विस्तार तथा संरचना निर्माण हुने जनाइएको छ ।
तस्बिरः युवराज विष्ट