Jul 19 2026

Jul 19 2026 | आइतवार, श्रावण ३ गते २०८३

संवैधानिक निकायका पदाधिकारी नियुक्तिविरुद्धको रिट फेरि ‘हेर्दाहेर्दै’ मा

संवैधानिक निकायका पदाधिकारी नियुक्तिविरुद्ध रिटको सुनुवाइ फेरि ‘हेर्दैहेर्दै’ मा राखिएको छ। सर्वोच्च अदालतमा गत माघ ३० गते पेसीमा चढेको उक्त रिटमाथि सुनुवाइ नसकिएपछि ‘हेर्दाहेर्दै’ मा राखिएको थियो । माघ ३० गते निवेदकका तर्फबाट अधिवक्ता ओमप्रकाश अर्याल र वरिष्ठ अधिवक्ता डा।चन्द्रकान्त ज्ञवालीले बहस गरेका थिए।

आज बुधबार वरिष्ठ अधिवक्ता शम्भु थापा, डा।भीमार्जुन आचार्य, राजुप्रसाद चापागाईं, मोहना अन्सारीलगायत ७ जनाले निवेदकका तर्फबाट बहस गरेका थिए । रिटमाथिको अर्को पेसी चैत ६ लाई तोकिएको छ । निवेदकका तर्फबाट २४ जना कानुन व्यवसायीले वकालतनामा लेखाएका छन् । त्यस्तै सरकारका तर्फबाट महान्यायाधिवक्ता रमेश बडालसहित १० जनाले बसहको तयारी गरेका छन्।


प्रधानमन्त्री केपी शर्मा ओलीको अघिल्लो कार्यकालमा ५२ जनालाई संवैधानिक आयोगमा गरेको नियुक्ति गैरकानुनी रहेको भन्दै बदरको मागसहित २०७७ पुस १ गते वरिष्ठ अधिवक्ता ओमप्रकाश अर्यालसहितले सर्वोच्चमा निवेदन दिएका थिए । नियुक्ति बदरको माग गर्दै अन्य १४ वटा निवेदन पनि परेको छ । ५२ जनाको कार्यकाल सकिनै लाग्दा समेत सर्वोच्चले भने मुद्दालाई किनारा दिन सकेको छैन ।