सुदूरपश्चिम प्रदेशका सभामुख भीम भण्डारीका निजी सुरक्षा गार्ड (पीएसओ)को मृत्यु भएको छ ।
पीएसओ सई योगेन्द्रबहादुर बोहराको स्कुटर दुर्घटनामा परेर मृत्यु भएको हो । बझाङको मस्टा गाउँपालिका–७ घर भएका ३४ वर्षीय बोहरा लामो समयदेखि सभामुखका अंगरक्षक थिए ।
उनी सवार स्कुटर सोमबार धनगढी–अत्तरिया ६ लेन सडकअन्तर्गत गोदावरी नगरपालिका–२ मा दुर्घटना भएको थियो ।