Jul 11 2026

Jul 11 2026 | शनिवार, आषाढ २७ गते २०८३

विद्यादेवी भण्डारीद्वारा 'केपी शर्मा ओलीः सपना, संघर्ष र संकल्प’ पुस्तक लोकार्पण

पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले पत्रकार गणेश पाण्डेद्वारा सम्पादित ‘केपी शर्मा ओलीः सपना, संघर्ष र संकल्प’ पुस्तकको आज लोकार्पण गरेकी छन् ।

pm kp sharma oli(11).jpg

प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष ओलीले लोकतन्त्र प्राप्तिका लागि गरेको अनेक संघर्षदेखि मुलुकको समृद्धिका लागि देखाएका सपना र गरेको नेतृत्वदायी पहललाई केन्द्र राखेर सो पुस्तक तयार गरिएको हो ।

pm kp sharma oli1(12).jpg


पुस्तकमा प्रधानमन्त्री ओलीका सहयात्री, राजनीतिज्ञ, अर्थविद, सामाजिक व्यक्तित्वहरुका लेख–रचना समेत समावेश गरिएको छ । सो पुस्तक अल्केमी प्रकाशनले गरेको हो । कार्यक्रममा प्रधानमन्त्री ओली, नेकपा एमालेका महासचिव शङ्कर पोखरेललगायत सहभागी छन् ।