Jul 20 2026

Jul 20 2026 | सोमवार, श्रावण ४ गते २०८३

माओवादी नेतृत्व नबदलिए जनताको आवाज नेतृत्व गर्न सकिंदैनः जनार्दन शर्मा

प्रमुख प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेतृत्वमा माओवादी रुपान्तरण हुनुपर्ने आवश्यकता औंल्याएका छन् । जनतासँग माओवादी तराई–मधेश जागरण अभियानको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले जनताको आवाजलाई पूरा गर्न पहिले माओवादी र नेतृत्व बदलिनुपर्ने बताए ।

शर्माले प्रचण्ड भने, ‘माओवादी नेतृत्वको यो टिमले आफैंले आफैंलाई बदल्नुछ, त्यो बदल्न सक्दैनौं भने जनताको यो आवाजको नेतृत्व हामी गर्न सक्दैनौं । जनताको आवश्यकताको नेतृत्व गर्न सक्दैनौं । त्यसैले जनताको समस्या समाधान गर्नको लागि हामी लाग्नुपर्छ । जनताको आवाजलाई पूरा गर्नको लागि पहिले माओवादी र नेतृत्व बदलिएर त्याग गर्ने भावना देखाउँनुपर्छ, त्याग गर्ने होइन, फेरि लोभ र मोहमा फस्यो भने सक्दैन । त्यसैले त्याग गर्न शिक्षा लिएर अहिले जनताको कुरा सुन्न आएका हौं ।’


उनले जनताको भावना र मागसँग जोडेर संगठन निर्माण गर्नुपर्ने बताएका छन् । उनले भने, ‘जनतासँग जोडिने कुरामा हामी पछि परेका छौं । त्यसैले जनतासँग जोड्नको लागि जनताले चाहेको नेतृत्व चयनको प्रक्रियामा पार्टीमा लैजानुपर्छ। र महाधिवेशनतिर पनि जानुपर्छ । अहिले हामीले स्थागित गरेको लोकतन्त्रलाई पार्टीभित्र स्थापित गर्दै जनतालाई लोकतन्त्रलाई अनुभूति गराउँनुगरी हामी अघि बढ्नुपर्छ ।’