Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

राष्ट्रपतिको अधिकार खोसौँ, न्यायपालिकाले मात्र लोकतन्त्र बचाउन सक्छ - भीमार्जुन आचार्य

संविधानविद् डा. भीमार्जुन आचार्यले राष्ट्रपति राजनीतिक पद नभएकाले आगामी संविधान संशोधनमा यसलाई स्पष्ट पार्नुपर्ने बताएका छन् ।

बिहीबार विराटनगरमा आयोजना गरिएको ‘संविधान संशोधन आवश्यकता र चुनौती’ विषयक अन्तक्रियामा बोल्दै न्यायपालिकाले मात्र लोकतन्त्र बचाउन सक्ने दाबी गरे ।

यसलाई निष्पक्ष र स्वतन्त्र बनाउन न्याय परिषद्‍मा बार एसोसिएसन र सरकारको प्रतिनिधित्व हटाउन उनले माग गरे ।

त्यस्तै, आचार्यले न्यायाधीशहरूको संसदीय सुनुवाइको प्रावधान खारेज गर्न पनि आग्रह गरे ।