Jul 18 2026

Jul 18 2026 | शनिवार, श्रावण २ गते २०८३

माल्टाको सडक दुर्घटनामा गौरीको गयो ज्यान

युरोपेली मुलुक माल्टामा २५ वर्षीया गौरीकुमारी बरालको सडक दुर्घटनामा मृत्यु भएको छ ।

 महोत्तरीको बर्दिबास नगरपालिका–३ घर भएकी बरालको उपचारको क्रममा मृत्यु भएको एनआरएनए माल्टाका अध्यक्ष रेमलाल खनालले जानकारी दिएका छन् ।

जनवरी ५ मा सडक दुर्घटनाबाट गम्भीर घाइते बरालको उपचारका क्रममा शनिबार बिहान मृत्यु भएको अध्यक्ष खनालले बताए । मृतकको परिवारसँगको सल्लाह बमोजिम मृतकको शव नेपाल पठाउन एनआरएनए माल्टाले सहजीकरण गरिरहेको खनालले बताए । बराल रोजगारीको सिलसिलामा सन् २०२२ डिसेम्बरमा माल्टा गएकी थिइन् ।