आइएमई लाइफले बीमालेख नवीकरणमा छुट दिएको छ । आइएमई लाइफले पुस ७ देखि पुस २९ गतेसम्म बीमालेख नवीकरण गर्ने ग्राहकहरूलाई ५० प्रतिशत छुट दिइरहेको हो ।
कम्पनीले यस अवधिमा बीमालेख नवीकरण गर्दा लाग्ने ब्याज र जरिवानामा ५० प्रतिशतसम्मको छुट दिइरहेको हो ।
यो सुविधा केवाईसी भेरिफाइड भएका ग्राहकहरूका लागि मात्र मान्य हुने कम्पनीले जनाएको छ । यो अवसरको लाभ लिन इच्छुक ग्राहकलाई यथाशीघ्र केवाईसी भेरिफाइड गर्न कम्पनीले सुझाव दिएको छ ।