विश्वभर जलवायु परिवर्तनको चर्चा चलिरहँदा हिमाली जिल्ला मनाङमा जोकोहीले यसको प्रत्यक्ष प्रभाव र असर देख्न सक्छन् । समयमा हिमपात नहुनु, भारी वर्षा हुनु, बाढी पहिरो र हिमनदी पग्लदै जानुले यहाँको प्राकृतिक स्वरुप परिवर्तन सँगसँगै जनजीवनमा समेत प्रभाव पर्न थालेको छ ।

यहाँका हिमताल पुरिदै गएका छन् भने विश्वको सर्वाधिक अग्लो स्थानमा अवस्थित तिलिचो ताल समेत पछिल्लो समयमा हिउँपहिरो र बगरका कारण खुम्चदै गइरहेको छ । विदेशी तथा स्वदेशी पर्यटकको प्रमुख गन्तब्य बन्दै आएको यस ताल खुम्चदै जाँदा यहाँ आउने पर्यटकले समेत चिन्ता प्रकट गर्न चालेका छन् ।

यस्तै यहाँका स्थानीय सरकारले गंगापूर्णताल, ग्रीनताल र क्लिन लेक संरक्षणका लागि पर्खाल लगाएका छन् । जलवायु परिवर्तनले अब आउने पिँढीलाई तस्बिरमा मात्र सेता हिमाल र हिमताल यस्ता हुन्छन् भनेर देखाउने दिन निम्त्याउन सक्ने भएकाले सबै पक्ष यस विषयमा गम्भीर हुन जरुरी देखिन्छ ।
भिडियो: