Jul 24 2026

Jul 24 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

भक्तपुरमा ट्याक्टर दुर्घटनाः एक जनाको मृत्यु

भक्तपुरमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । 

चाँगुनारायणबाट डेकोचातर्फ जाँदै गरेको ना २ त ९३४० नम्बरको ट्याक्टर चाँगुनारायण नगरपालिका–५ पिखेलमा दुर्घटना हुँदा सोही ठाउँका ४५ वर्षीय गोविन्द सुवालको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

जिल्ला प्रहरी परिसर भक्तपुरका अनुसार शुक्रबार साँझ ट्याक्टर दुर्घटनामा गम्भीर घाइते भएका सुवालको उपचारका क्रममा अन्नपूर्ण न्यूरो अस्पताल, काठमाडौंमा मृत्यु भएको हो । 

ट्याक्टरमा सवार भक्तपुर नगरपालिका–२ व्यासीका ४८ वर्षीय गणेश सुवाल घाइते भएका छन् । उनको भक्तपुर अस्पतालमै उपचार भइरहेको छ । सामान्य घाइते भएका अन्य ४ जना डिस्चार्ज भइसकेका छन् ।