Jul 24 2026

Jul 24 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

गणेश हिमाल आधार शिविरबाट दुई जनाको २७ घण्टापछि नेपाली सेनाको हेलिकप्टरद्वारा उद्धार

गणेश हिमाल आधार शिविर जाँदै गर्दा बिरामी परेका दुई जनालाई हेलिकप्टरबाट उद्धार गरिएको छ । पर्यटन प्रवर्द्धनका लागि गणेश हिमाल आधार शिविर जाँदा बिरामी परेका डिभिजन वन कार्यालय, धादिङका प्रमुखसहित दुई जनालाई उद्धार गरेर काठमाडौं ल्याइएको हो ।

उनीहरूलाई नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको हो । पर्यटन प्रवर्द्धनका लागि गणेश हिमाल आधार शिविर जाँदै गर्दा डिभिजन वन कार्यालय धादिङका प्रमुख विष्णुप्रसाद आचार्य र प्राविधिक सहायक अनुसिया ढुंगानालाई श्वासप्रश्वासको समस्या देखिएको थियो ।

उनीहरूको २७ घण्टापछि आज दिउँसो साढे १ बजे उद्धार भएको हो । आधार शिविर नपुग्दै आँखुखोला नजिक बिरामी परेपछि १६ जनाको टोली बीच बाटोमै रोकिएको थियो ।

धादिङ प्रशासनले बुधबार नै उद्धारको प्रयास गरे पनि खराब मौसमका कारण सफल हुन सकेको थिएन ।