Jul 13 2026

Jul 13 2026 | सोमवार, आषाढ २९ गते २०८३

‘भ्ल्गर’ रतन कार्कीको अभिव्यक्तिविरुद्ध प्रहरीले अघि बढायो अनुसन्धान

‘भ्लगर’ रतन कार्कीविरुद्ध प्रहरीले अनुसन्धान अगाडि बढाएको छ । युट्युब तथा सामाजिक सञ्जालमा सक्रिय कार्कीविरुद्ध प्रहरीको केन्द्रीय साइबर ब्यूरोले अनुसन्धान थालेको हो ।

अघिल्लो साता दशरथ रंगशालामा साफ वुमन्स च्याम्पिनसिपको फाइनल खेल भइरहेका बेला युट्युब लाइभमा उनले उछृङ्खल अभिव्यक्ति दिएको भन्दै प्रहरीले उनीमाथि अनुसन्धान अघि बढाएको हो । उनी अहिले विद्यार्थी भिसामा जापानमा रहेको प्रहरी स्रोत बताउँछ ।

उछृङ्खल अभिव्यक्ति दिएर समाज भड्काउने र अराजकता मच्चाउने काम गरेको भन्दै कार्कीविरुद्ध ब्यूरोले अनुसन्धान तीब्र बनाएको हो । ‘उहाँको अभिव्यक्तिविरुद्ध हामीले अनुसन्धान अघि बढाएका छौं ।

यस्ता अभिव्यक्ति दिनेलाई इन्टरपोलको सहयोगमार्फत नेपाल ल्याएर कारबाही गर्न सक्छौं’, साइबर ब्यूरो स्रोतले भन्यो ।