Jul 12 2026

Jul 12 2026 | आइतवार, आषाढ २८ गते २०८३

टिकटकमाथि लगाइएको प्रतिबन्ध आजदेखि हटाउने सरकारको तयारी

सरकारले आजदेखि भिडियोमा आधारीत सामाजिक सञ्जाल टिकटकमाथि लगाइएको प्रतिबन्ध हटाउने भएको छ । सरकारले टिकटकलाई सर्तसहित नेपालमा सञ्चालन हुन दिन लागेको हो । 

सर्तअनुसार टिकटकले नेपालमा सम्पर्क कार्यालय स्थापना गर्ने र अनुसन्धानमा सघाउने छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले मन्त्रिपरिषद्मा सञ्चालन दिने प्रस्ताव लगेको छ । बिहीबारको मन्त्रिपरिषद्को बैठकले यससम्बन्धि निर्णय गर्ने सम्भावना छ ।

टिकटकले सरकारलाई प्रतिबन्ध खुलाउन बारम्बार आग्रह गर्दै आएको छ । पाँच दिनअघि टिकटकले नेपाल सरकारलाई प्रतिबन्ध फुकुवा गर्न आग्रह गरेको थियो । उसले नेपालले राखेको सबै सर्त पालना गर्ने जनाएको हो ।

गत असोज २७ गते पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।