कवि तथा गीतकार विप्लप ‘प्रतीक’ लाई सम्मान गरिएको छ । शुक्रबार किताब जात्रा छैटौं संस्करणमा उनलाई यात्रा फाउण्डेसनले ‘प्रेम साहित्य सम्मान’ २०८१ बाट सम्मानित गरिएको हो । ‘सपना जस्तो लागिरहेको छ,’ प्रतीकले भने, ‘काम गर्दै गएपछि सम्मानित भइँदोरहेछ ।’
कवि, लेखक, अनुवादक प्रतीकको नहारेको मान्छे (कविता संग्रह), अविजित (उपन्यास), साडेन फ्रोएडा (हाइकु संग्रह) प्रकाशित छ्न् । रंगकर्ममा समेत सक्रिय प्रतीक द पोइट आइडलका निर्णायक समेत छन् ।
कवि प्रतीकका दर्जनौं गीत चर्चित छन् । प्रेमप्रसाद अधिकारीको स्मृतिमा स्थापना गरिएको सम्मान एक लाख ११ हजार १११ रुपैंयाँ राशीको छ ।