‘द आर्ट अफ सेलिङ‘ नमक पुस्तक नेपाली बजारमा सार्वजनिक भएको छ । अटोमोबाइल बिक्रीको लामो अनुभब भएका श्याम यादवद्वारा लिखित उक्त पुस्तक असार २२ गते शनिबारका दिन सार्वजनिक भएको हो ।
द आर्ट अफ सेलिङ नामक पुस्तकमा बिक्रेताले बजारको पहिचान कसरी गर्ने, आफ्नो व्यवसाय सफल बनाउनको लागि के गर्ने र काम गर्नका लागि आफू मानसिक रुपमा कसरी तयार हुने भन्ने कुराहरु विश्लेषण गरेका छन्। त्यसैगरि बिक्रेताले हरेक कुराहरुको जानकारी राख्ने विषय पनि उक्त पुस्तकमा प्रकाश पारिएको छ ।

उनले प्रात्त गरेको तालिम र आफ्ना अनुभवहरु पुस्तकमा रहेको कारणले गर्दा व्यवसाहीहरुलाई काम गर्न थप सहज हुने श्यामको विश्वास छ । उक्त पुस्तक लेख्नका लागि १० महिना समय लागेको उनले बताए । परिवार र साथीभाईको सहयोगले उक्त पुस्तक लेख्न प्रेरणा मिलेको श्यामको भनाई छ ।
उक्त पुस्तक विमोचनमा नारायणी अटोमोबाइलको एमडी, सिप्रदी ट्रेडिङको सिनयर जिएम, डेरी मिल्कको सेल्स हेड र सचिन मोटर्सको एमडी लगायतका विभिन्न व्यवसाहीहरुको उपस्थिती रहेको थियो ।
उनीसँग सिप्रदि ट्रेडिङ, एम.ए.डब्लु, इस्टन मोटर्स, ओम्नी ग्रुप र ओम्नी मोटर्स जस्ता विभिन्न अटोमोबाइल कम्पनीको लामो अनुभव छ।