Jul 27 2026

Jul 27 2026 | सोमवार, श्रावण ११ गते २०८३

ग्रामथान गाउँपालिका अध्यक्ष गच्छदारको निधन

मोरङको ग्रामथान गाउँपालिका अध्यक्ष जयप्रकाश गच्छदारको निधन भएको छ । २०८० माघ १० गते ब्रेन ह्यामरेज भएर थलिएका अध्यक्ष गच्छदारको सोमबार दिउँसो मृत्यु भएको नेपाली कांग्रेस मोरङका उपसभापति भक्तिनाथ माझीले जानकारी दिए ।

नेपाली कांग्रेसबाट निर्वाचित गच्छदार पार्टीको बैठकमा सहभागी भएका बेला उनि एक्कासी ढलेका थिए । उपसभापति माझीका अनुसार गच्छदारको भोलि अन्तिम संस्कार गरिनेछ ।

 चार महिनादेखि अर्धचेत रहेका उनी एक महिनायता घरमा थिए । उपाध्यक्ष गुणवतीदेवी थारूले कार्यवाहक अध्यक्षको रुपमा काम गरिरहेकी छिन् ।