युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले सरकारलाई दिएको समर्थनबारे रास्वपाले समीक्षा गर्ने बताएका छन् ।
पार्टीको दोस्रो स्थापना दिवसका अवसरमा शनिबार आयोजित कार्यक्रममा बोल्दै खेलकुदमन्त्री श्रेष्ठले यस्तो बताएका हुन् । सरकार पूरानै कर्मकाण्डी शैलीमा चलेको उनले टिप्पणी गरे।
खेलकुदमन्त्री श्रेष्ठले भने,’अहिले हामीले सरकारको नेतृत्व गरिरहेका छौं सत्ता अहिले पनि पूरानै शैलीमा कर्मकाण्डी तरिकाले उपलब्धि नहुने गरी चलाएको हामी दुई धारे तरवारको बीचमा चलिरहेका छौं। हाम्रो सभापतिज्यू, स्वणिम दाई सबैले भनिराख्नुभएको छ केही चिजमा हामीलाई अनावश्यक, अनाधिकृत ढंगले कुनै सम्झौता गर्नपर्यो भनेदेखि त्यो दिनै रास्वपा सरकारबाट बाहिर आउन अहिले नै तयार छ।’
सरकारमा गइसकेपछि शासकिय वेथिती सामाजिक वेथितीभन्दा पनि डरलाग्दो हो भन्ने कुराको अनुभव गरिरहेको खेलकुदमन्त्री श्रेष्ठले बताए । खेलकुदमन्त्री श्रेष्ठले राजीनामा पत्रमा मिति मात्रै लेख्न बाँकी रहेको बताए । उनले वर्तमान राजनीतिक परिस्थितिमा एकपटक सरकारलाई दिएको समर्थनबारे समीक्षा गर्ने बेला भएको बताए।
उनले भने, 'सांसद निर्वाचित भइसकेपछि अहिले सरकारमा गएपछि हामीले कअर्को कुरा पनि देखिरहेका छौँ। हामीले एउटा महत्वपूर्ण कुरा के देखिरहेका छौँ भन्दा शासकीय बेथिति सामाजिक बेथिति भन्दा पनि डरलाग्दो कुरा हो भन्नेकुरा हाम्रो साथीहरु सबैले अनुभव गरिरहेका छौँ। किनभन्दा अहिले सरकारको नेतृत्व गरिहेको छौँ, तर सत्ता अहिले पनि पुरातन शैलीमै, कर्मकाण्डी हिसावले उपलब्धि नहुने गरी चलिरहेको छ । हामी दुई धारे तरबारका बीचमा चलिरहेका छौँ। केही चिजमा हामीलाई अनावश्यक, अनाधिकृत हिसावले हामीलाई कुनै किसिमको सम्झौता गर्नुपर्यो भने त्यो दिन नै राष्ट्रिय स्वतन्त्र पार्टीबाट सरकारबाट बाहिर आउन तयार छ। हाम्रो राजीनामा पत्रमा मिति मात्रै लेख्न बाँकी छ, त्यो तयार गरेर बोकेर हामी हिँडेका छौँ।'
मन्त्री श्रेष्ठले रास्वपाले आशा र सम्भावना जीवित राखेर काम गरिरहेको बताए। उनले खेलकुद क्षेत्रलाई व्यवस्थित गर्नेकुरामा आफूहरुले काम पूरा गरेको बताए।