Jul 27 2026

Jul 27 2026 | सोमवार, श्रावण ११ गते २०८३

काँग्रेस सांसद राजेन्द्र बजगाईंको प्रस्ताव - संसद भवनभित्र मदिरा पिउने बार बनाऔं

नेपाली काँग्रेसका सांसद राजेन्द्र बजगाईंले संसद भवनमा मदिरा पिउने बार बनाउनुपर्ने प्रस्ताव राखेका छन्।

प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयकअन्तर्गत संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमाथि खर्च कटौती प्रस्ताव पेश गर्दै सांसद बजगाईंले यस्तो बताएका हुन् ।

सांसद बजगाईंले भने, ‘सम्माननीय सभामुख महोदय बन्दै गरेको संसद् भवनभित्र विदेशी पाहुना आउदा सोसेलाइजेन गर्ने बार निर्माण गर्ने हो कि ? यसमा ध्यानाकृष्ट गर्न चाहन्छु ? यो पर्यटकीय हिसाबले महत्वपूर्ण छ ।’विदेशी पाहुनाहरू आउँदाखेरि सोसेलाइजेन गर्न बार निर्माण गर्नुपर्ने सांसद बजगाईंले बताए।अमेरिकाको सिनेट र बेलायतको विश्वविद्यालयको क्यान्टिनमा मदिरा मिउने बार रहेको दाबीसहित उनले संसद् भवनमा बार राख्न प्रस्ताव गरे ।