Jul 11 2026

Jul 11 2026 | शनिवार, आषाढ २७ गते २०८३

गजल कृति 'नाद'को लोकार्पण तथा गजल मुशायराको चौथो शृङ्खला भव्य रूपमा सम्पन्न

नेपाल गजल प्रतिष्ठानको आयोजनामा गजल कृति नादको लोकार्पण तथा गजल मुशायराको चौथो शृङ्खला राष्ट्रिय नाचघर जमलको मिनी प्रेक्षालयमा भव्य रूपमा सम्पन्न भएको छ ।

e4f4c06f-e8fb-4214-a941-2a8364747df0.jpg

प्रतिष्ठानका अध्यक्ष लालकाजी श्रेष्ठको सभापतित्व ,गीतकार,सङ्गीतकार साथै नेपाली गजलमा तीन दशक भन्दा बढी आफ्नो उर्वर समय खर्चिइसकेका वरिष्ठ गजलकार रवि प्राञ्जलज्यूको प्रमुख आतिथ्य रहेको उक्त कार्यक्रममा दर्जनौ चर्चित गीतका गीतकार तथा गजलकार करूण थापा लगायत विशिष्ट व्यक्तित्वहरू साथै गीतकार, सङ्गीतकार, गायक, गायिका, साहित्यकार, गजलकारहरूको आतिथ्यसहित गरिमामय उपस्थिति रहेको उक्त कार्यक्रममा  गजलकार डा.भोजराज घिमिरेको गजल कृति 'नाद' को लोकार्पण भएको थियो भने गजलकार लालकाजी श्रेष्ठ र विश्व कीर्तिमानी सङ्गीतकार सन्तोष श्रेष्ठले साङ्गीतिक गजल प्रस्तुत गरेका थिए ।

e8e8e628-79e2-4bb1-bf49-b17b93c3ea75.jpg

गजल मुशायरा सत्रमा गजलकार त्रय भुवन निस्तेज, आर्य आयुषा र त्रुपकले तहत र तरन्नुम शैलीमा आ आफ्ना गजल प्रस्तुत गरेका थिए ।  कार्यक्रममा प्रमुख अतिथि रवि प्राञ्जलज्यूले अतिथि गजल वाचक तथा सङ्गीतकार सन्तोष श्रेष्ठलाई प्रमाणपत्र प्रदान गर्दै नेपाली गजलप्रति स्रोता दर्शकहरूको बढ्दै गएको प्रेमप्रति खुशी व्यक्त गरे भने सभापतिले सम्पूर्णलाई धन्यवाद दिँदै सभा विसर्जन गरेका थिए ।

प्रतिष्ठानका सचिव अनजान यात्रीको परिकल्पना रहेको उक्त कार्यक्रम दुई चरणमा सञ्चालन भएको थियो । कार्यक्रमको पहिलो औपचारिक सत्र शान्ति निहारिकाले सञ्चालन गरे भने दोस्रो मुशायरा सत्र आँचल कुमार शर्माले सञ्चालन गरेका थिए ।