Jul 19 2026

Jul 19 2026 | आइतवार, श्रावण ३ गते २०८३

मेयर बालेनको कविता संग्रह ‘अश्र’ सार्वजनिक

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले आफ्नो जन्मदिन पारेर कविता संग्रह ‘अश्र’ सार्वजनिक गरेका छन् । मेयर बालेनले आफ्नो कविता संग्रह अश्र सार्वजनिक भएको सामाजिक सञ्जालमार्फत जानकारी दिँदै जन्मदिनको शुभकामना दिने सबैलाई धन्यवाद दिएका छन् ।

बालेनको कविता संग्रह ‘अश्र’ बुकहिल पब्लिकेसन प्रालिले प्रकाशन गरेको हो । अश्रमा बालेनले लेखेका सयभन्दा बढी कविता संग्रहित छन् । संग्रहमा पहिलो खण्डमा प्रेम, दोस्रो खण्डमा प्रेम वियोग, तेस्रो खण्डमा राजनीति र चौथो खण्डमा दर्शन सम्बन्धी छोटा–छोटा कविताहरु छन् । 

संग्रहमा हरेक पृष्ठमा कवितासँग मिल्दा स्केच पनि कोरिएका छन् । कविता संग्रहको मूल्य ६६६ रुपैयाँ तोकिएको छ । कविता संग्रह अश्र शनिबारदेखि बजारमा उपलब्ध हुनेछ ।