Jul 11 2026

Jul 11 2026 | शनिवार, आषाढ २७ गते २०८३

मेयर बालेनको व्यङग्यः अरूलाई के भनम्, म आफै खराब छु!

काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह ‘बालेन’ ले सामाजिक सञ्जालमा एक कवितात्मक व्यङग्य लेखेका छन् ।

उनले लेखेको कविताले अहिले व्यवस्थाविरोधी आन्दोलन गरिरहेको राप्रपादेखि सत्तामा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी समेतलाई व्यङग्य गरेको बुझ्न सकिन्छ ।

उनले लेखेका छन्ः
म राजा हुँदा, लोकतन्त्र चाहियो भन्छु,
राजा खराब भो,
म गणतन्त्र आउँदा राजा चाहियो भन्छु,
जनतन्त्र हराम भो,
म जनता हुँदा नेता बन्न खोज्छु,
नेता बन्दा जनता लडाउँछु,
कमजोर हुँदा बलियोलाई रोज्छु,
बलियो हुँदा आफैँ हराउँछु !
म अरूलाई के भनम, म आफै खराब छु !!

434855091_2455264454668059_6180111400591567087_n.jpg