Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

महाशिवरात्रि नजिकिएसँगै पशुपतिनाथ मन्दिरमा बढ्यो साधुसन्त र जोगीबाबाहरुको चहलपहल (भिडियो)

महाशिवरात्रि नजिकिएसँगै पशुपतिनाथ मन्दिरमा चहलपहल बढेको छ । महाशिवरात्रि तयारी तिब्र रुपमा भइरहेको छ । 

महाशिवरात्रि पर्वका लागि विभिन्न स्थानबाट साधुसन्त पशुपतिनाथ मन्दिर परिसरमा आउने क्रम जारी छ । मंगलबार बेलुकासम्म तीन हजार बढी साधुसन्त पशुपति क्षेत्रमा आइसकेका पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

Sequence 01.02_34_22_12.Still828.jpg

साधुसन्त र जोगीबाबाहरुको क्रियाकलापले धेरैको ध्यान खिच्ने गर्दछ । त्यसैले साधुसन्त बसेको ठाउँमा पनि दर्शनार्थीहरुको सहभागीता उल्लेख्य हुने गरेको छ । सरकारले सार्वजनिक स्थानमा धूमपान र मद्यपान निषेध गरेको छ । तर आफूलाई भगवान शिवका प्रतीक मान्ने शिवरात्रिका बाबाजीहरुलाई यो कानुनले छोएको छैन । उनीहरु निष्फिक्री गाँजा तानीरहेका छन् ।

पशुपति क्षेत्र विकास कोषले पाशुपत क्षेत्रमा गाँजा, भाङलगायतका नशालु पदार्थ सेवन तथा बिक्री वितरण गर्न रोक लगाएको छ । तर त्यसको अनुगमन तथा कार्यान्वयन पक्ष हरेक वर्ष फितलो देखिन्छ । बुधबार बिहान पनि पशुपतिनाथ मूल मन्दिर परिसरमा पर्व मनाउन आएका साधुसन्तको दृष्य पनि विगतका वर्षभन्दा फरक देखिएन । 

भिडियो: