Jul 28 2026

Jul 28 2026 | मंगलवार, श्रावण १२ गते २०८३

आजै सरकार परिवर्तन, नयाँ मन्त्रिपरिषद् बन्ने -सुरेन्द्र पाण्डे

नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले आजै सरकार परिवर्तनका साथै नयाँ मन्त्रिपरिषद् बन्ने दाबी गरेका छन्।

सोमबार बिहान सामाजिक सञ्जालमा लेख्दै उनले सोमबार नै सरकार परिवर्तन हुने र नयाँ मन्त्रिपरिषद् बन्ने दाबी गरेका हुन्।

‘आजै सरकार परिवर्तन र नयाँ मन्त्रिपरिषद् बन्दै’, उनले लेखेका छन्, ‘सानो मन्त्रिमण्डलले आज सपथ लिनेछ।’