नेकपा (एमाले) केन्द्रीय सचिवालयको बैठक बसिरहेको छ । बिहान ७ बजेदेखि अध्यक्ष केपी शर्मा ओलीको निवास, बालकोटमा बैठक बसिरहेको हो ।
एमालेको सचिवालय बैठक २५ गते बस्ने तय भएको थियो । तर सत्ता गठबन्धन धरमराएसँगै एमालेले आकस्मिक रुपमा सचिवालय बैठक आह्वान गरेको हो । बैठकमा अध्यक्ष ओलीले प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भएका छलफलका विषयमा जानकारी छन् ।
यसअघि, आइतबार एमाले अध्यक्ष ओली महासचिव शंकर पोखरेललाई साथमा लिएर प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए । भेटमा संक्रमणकालनी न्यायसम्बन्धी विधेयकबारे छलफल भएको थियो ।
ओली र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच हिजो बिहान पनि छलफल भएको थियो ।