Jul 28 2026

Jul 28 2026 | मंगलवार, श्रावण १२ गते २०८३

बालुवाटारमा बस्ने भनिएको सत्ता गठबन्धनको बैठक स्थगित

 सत्ता गठबन्धनको आज बिहान बस्ने भनिएको बैठक स्थगित भएको छ ।

सत्ता गठबन्धनका दलहरुबीच समसामयिक परिस्थितिमा छलफल गर्न भन्दै आज बिहान ८ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक आह्वान गरिएको थियो । तर उक्त बैठक स्थगित भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

बैठकमा सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन सम्बन्धी विधेयक सम्बन्धी प्रतिवेदनको मस्यौदामा छलफल गर्ने भनिएको थियो ।