Jul 28 2026

Jul 28 2026 | मंगलवार, श्रावण १२ गते २०८३

भ्रष्टाचारमा मुछिएका मुख्यसचिव अर्याललाई बिदामा बस्न प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चारवटा फरक भ्रष्टाचार प्रकरणमा मुछिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यसचिव डा. बैकुण्ठ अर्याललाई विदामा बस्न निर्देशन दिएका छन् । स्रोतका अनुसार प्रधानमन्त्री दाहालले शनिबार राती नै अर्याललाई बिदामा बस्न निर्देशन दिएका हुन् ।

मुख्यसचिव अर्याल बहुचर्चित भ्रष्टाचार नेपाल दूरसञ्चार प्राधिकरणको टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम (टेरामक्स) खरिद प्रकरणमा मुछिएका छन् । यो प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीसँग बयान लिएको छ । नेपाल टेलिकमको बिलिङ प्रणाली मर्मतसम्भारका नाममा भएको सवा ३ अर्ब रुपैयाँको विवादास्पद ठेक्का सम्झौतामा मुख्यसचिव अर्यालको संलग्नता तथ्यले प्रमाणित गरेको छ ।

दर्जन बढी भ्रष्टाचारको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको थुनामा रहेका सुरक्षण मुद्रण विकास समितिका पूर्वकार्यकारी निर्देशक विकल पौडेलसँग मुख्यसचिव अर्यालले घुस लिएको प्रमाण सार्वजनिक भएका छन् ।

मुख्यसचिव अर्यालले भ्रष्टाचारका करिब दर्जन कसुरमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको थुनामा रहेका पौडेलसँग घुस लिएको प्रमाण सञ्चारमाध्यमहरुले प्रकाशन गरेका छन् । तर यो प्रकरणमा उनले निर्लज्जतापूर्वक उत्तर दिइरहेका छन् । भनेका छन्, ‘मैले पठाएको खाता नम्बरमा पैसा जम्मा हुनु ठूलो कुरा होइन ।’ स्रोतका अनुसार डा। अर्याललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उच्च निगरानीमा राखेको छ ।