Jul 28 2026

Jul 28 2026 | मंगलवार, श्रावण १२ गते २०८३

प्रधानमन्त्री दाहाल र रवि लामिछानेबीच भेट, के के भयो छलफल?

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच भेट भएको छ। 

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा दूध किसानको बक्यौता र चितवनमा मृत्य भएकी बालिका शालिन पोखरेलका विषयमा कुराकानी भएको हो ।

दूध बेचेको सात अर्ब रुपैयाँ नपाएको भन्दै दुग्ध किसानहरु विरोधमा उत्रिएका थिए । आन्दोलनरत पक्षसँग सरकारले २१ चैत भित्र बक्यौता चुक्ता गर्ने सहमति गरिसकेको छ।

दुग्ध किसानका समस्या र पार्टीको कृषि विभागले तयार गरेको समाधानका उपायका बारेमा प्रधानमन्त्रीसँग पार्टी सभापति लामिछानेले ध्यानाकर्षण गराएका थिए ।